प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । संसदमा जारी अवरोध खुलाउने विषयमा छलफल गर्न प्रधानमन्त्रीले बिहीबार बिहान १० बजे सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा बोलाइएको छ । बैठकमा सत्तागठबन्धनका दलका साथै नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बोलाइएको छ ।

नेकपा एमालेका १४ जना सांसदहरुलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालेले भदौ २३ गतेदेखि संसद बैठकहरुमा निरन्तर अवरोध गर्दै आएको छ । संसद्को गतिरोध खुलाउनका लागि यसअघि सभामुख अग्नी सापकोटाले पनि सर्वदलीय बैठक बोलाएका थिए । तर आफ्नो पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमाले बैठकमा सहभागी भएको थिएन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: