प्रतिपक्षमा भएको भन्दैमा चिन्ता नलिन नेताहरुलाई ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई चुनावमा जाने एजेण्डाको कुनै समस्या नभएको बताएका छन् ।

आइतबार तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले चुनावमा जान आफूहरूले गरेको कामको फेहरिस्त रहेको बताएका हुन् । उनले चुनावमा कसरी चुनावमा जाने भन्ने नठान्न आग्रह गरे ।

उनले भने, ‘कसरी चुनावमा जाने भन्ने नठान्नु होला। सरकारमा हुँदा असाधारण काम गरेका छौं । कामको फेहरिस्त छ । त्यही लिएर जनतामा जानुहोस् । चिन्ता लिनुपर्ने केही छैन।’

अध्यक्ष ओलीले प्रतिपक्षमा भएको भन्दैमा चिन्ता नलिन नेताहरुलाई आग्रह गरे । उनले कोभिडको नियन्त्रणमा शून्यबाट तयारी सुरु गरेको र त्यसमा पनि राम्रो काम गरेको दाबी गरे । उनले राष्ट्र संघको दिगो विकास लक्ष्य प्राप्त गर्न गतिमा आफ्नो नेतृत्वमा सरकारले द्रुत रुपमा काम गरेपनि कोभिडको कारण केही पछि पारेको बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: