राष्ट्रपतिद्वारा विनियोजन विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनबाट पारित भएको विनियोजन विधेयक, २०७८ प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले बिहीबार विनियोजन विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिएका छन् । यो सँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ ।

प्रमुख विपक्षी दल नेकपा एमालेको दुवै सदनमा अवरोधबीच विनियोजन विधेयक पारित भएको थियो । विधेयक पारित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर बिहीबार राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए । विनियोजन अध्यादेश ६० दिनभित्र संसद्बाट पारित हुन नसक्दा सरकार भदौ ३१ गतेदेखि खर्च रोकिएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: