कमेडी च्याम्पियन-२ को उपाधि भरतमणी पौडेलको पोल्टामा, कार र २५ लाख रुपैयाँ जिते

काठमाडौं । कमेडी च्याम्पियन सिजन २ को उपाधि ताप्लेजुङका भरतमणी पौडेलले जितेका छन् । आज भएको ग्राण्ड फिनालीमा पौडेलले नेपालकै लोकप्रिय कमेडी रियालिटी सो च्याम्पियन जितेका हुन् ।

सिक्किमका विक्की अग्रवाल फस्ट रनरअप र गोरखाका सन्तोष थापा सेकेन्ड रनरअप घोषित भए । जितसँगै भरतमणीले कार र २५ लाख रुपैयाँ जितेका छन् ।

उपाधि जितेपछि नेपाल प्रेससँग कुरा गर्दै दोस्रो कमेडी च्याम्पियन भरतमणीले भविष्यमा पनि कमेडीलाई निरन्तरता दिन आफूलाई प्रेरित गरेको बताए । उनको समर्थनमा प्रशंसकले हर्षोल्लास मनाउँदै नाराबाजी गरेका छन् ।

विश्वभरका दर्शकको मतदानको आधारमा विजेता चुनिएको थियो । अन्तिम प्रतिस्पर्धामा विक्की, सन्तोष र भरतमणीबीच कडा प्रतिस्पर्धा भएको थियो । पौडेलले पूर्वयुवराज पारससहितका नेताहरुको क्यारिकेचर गर्दै चर्चा बटुलेका थिए ।
कमेडी च्याम्पियन सिजन २ को उपाधि विजेता ताप्लेजुङका भरतमणी आफू स्ट्यान्ड अप कमेडीमा नै केन्द्रित हुने बताउँछन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: