कानागावा नेपाली कम्युनिटीको पहलमा कोरोना भाईरस बिरुद्वको खोप ब्यवस्था

जापान । कानागावा नेपाली कम्युनिटिले टोकियो र आसपासका बासिन्दालाई पायक पर्नेगरी कोरोना भाइरस बिरुद्वको खोप लगाउने ब्यवस्था मिलाईएको छ । कानागावा नेपाली कम्युनिटिको बिशेष ब्यवस्थापनमा पहिलो चरणमा यहि सेप्टेम्बर १८ र १९ तारिख खोप लगाउने ब्यवस्था मिलाईएको छ ।

खोप टोकियोको आजाबु ज्युबान स्टेशनमा कानागावा नेपाली कम्युनिटिले मिन्दान संस्थासंग मिलेर नेपालीहरुको लागी प्रथम डोज खोप लगाउने ब्यवस्था गरेको सस्थाका अध्यक्ष हरी सापकोटाले जानकारी दिनुभयो ।

सेप्टेम्बर १८ मा पहिलो डोज खोप लगाउनु भएकाले अक्टोबरको १६ तारिकमा दोश्रो डोज लगाउन मिल्ने छ । यसैगरी सेप्टेम्बर १९ मा पहिलो डोज खोप लगाउनु भएकाले अक्टोबरको १७ तारिकमा दोश्रो डोज लगाउन मिल्ने छ । वार्ड वा नगरबाट आएको कोरोनाको खोपको टिकट (接種券) र रेसिडेण्ट कार्ड लिएर खोप लगाउन चाहने ब्यक्ती जान सक्नेछन । खोप मोडेर्ना कम्पनिको खोप हो ।
खोप लगाउन जान चाहनेले तलको लिङकबाट अग्रिम रुपमा नाम र फोन नम्बरहरु टिपाउन आग्रह गरिएको छ । वार्ड वा नगरबाट आएको कोरोनाको खोपको टिकट (接種券) र रेसिडेण्ट कार्ड लिएर खोप लगाउन चाहने ब्यक्ती जान सक्नेछन ।
खोप लगाउन जान चाहनेले लिङकबाट अग्रिम रुपमा नाम र फोन नम्बरहरु टिपाउन आग्रह गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: