एनआरएनए जापानको गत जुलाई ३० मा सम्पन्न निर्वाचन रद्द गर्न माग

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको गत जुलाई ३० मा सम्पन्न निर्वाचन निष्पक्ष निर्वाचन नभएको भन्दै रद्द गर्न माग गरेको छ ।
एनआरएनए जापानको गत जुलाई ३० तारिख सम्पन्न निर्वाचन धाँधली र निष्पक्ष निर्वाचन नभएको भन्दै रद्द गर्न माग गरेको हो ।

निर्वाचन प्रक्रियामा सहभागी भै पराजित उमेदवारहरूले आइतबार संयुक्त वक्तव्य जारी गर्दै धाँधलीपूर्ण निर्वाचनबाट निर्वाचित कार्यसमितिलाई आफूहरुले मात्र नभएर जापानवासी नेपालीहरुले पनि मान्यता नदिएको जुलाई ३० को निर्वाचन तत्काल रद्द गरिएको घोषणा नगरेसम्म आर्थिक बझबुझारथ नगरि पूर्णरूपमा असहयोग गर्ने बताईएको छ ।

‘स्वस्थ र स्वच्छ एनआरएनए’ बनाउन सहयोग गर्नका लागि निर्वाचित भएको भनिएको कार्यसमितिले मार्गप्रशस्त गरि सबैलाई मान्य हुने निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन समेत माग गरिएको छ ।
एनआरएन जापानका संस्थापक अध्यक्ष राजन प्रधानांगको समयोजकत्वमा गठित ७ सदस्यीय निर्वाचन समीक्षा समितीले निर्वाचन निष्पक्ष र धाँधली भएको मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्नबाट बन्चित गराइएको २९०४ मत प्रविधिको दुरुपयोग गरिएको प्रतिवेदन सार्वजनिक गरिएको प्रकाशित वक्तव्यमा उल्लेख गरिएको छ ।

यस्तो छ प्रेस वक्तव्य :-

सम्पूर्ण पत्रिका तथा पत्रकार मित्रहरु ,सामाजिक संघ संस्थाहरू, राजनीतिक संघ संगठनहरु, जातीय संघ संस्थाहरू, दाजु भाई तथा दिदि ,बहिनीहरु प्रति हार्दिक नमस्कार सहित हामी निम्न अनुसार हार्दिक अपिल गर्दछौं ❘
बिषय : एनआरएन जापानको जुलाई ३० को धाँधलीपूर्ण निर्वाचन रद्द गरियोस् ❘
सम्पूर्ण महोदय मित्रहरु,
मिति २०२१ जुलाई ३० तारिखको एनआरएनए जापानको निर्वाचन एउटा भ्रम सिर्जना गर्न आयोजना गरिएको निर्वाचन थियो भन्ने सार्वजनिक रुपमा पुष्टि भैसकेको छ । सामान्यतया निर्वाचनमा हारजित भए पछि पराजित पक्षले धाँधली भयो भनेर असुन्तुष्टी जनाउने प्रचलन जस्तो नै भएको पाइन्छ, तर यो पटक भएको एनआरएनए जापानको अनलाइन भोटिंग प्रक्रिया मतदाताहरुको अधिकार हनन् गरि प्रविधिको चरम दुरुपयोग गरेर भएको कुरा संसारभर रहेका नेपालीहरुले जानकारी पाइसकेका छन । Vender,ICC IT admin, Japan NCC Admin अन्य केहि व्यक्तिहरुले यो जालझेलको काम गरेको हो भनेर सबै चिच्याई चिच्याई विरोध र भत्सर्ना गरी रहेको अवस्था छ । गलत हुन्छ ,गलत गर्छन, गलत चाहना राख्छन भनेर नै तपाई र हामीले साचो, सत्य र गलतलाई परिवर्तन गर्न समाज सेवामा लागिरहनु परेको हो,गलत भएमा गल्ति स्वीकार गरि सच्याउन सक्नु र सच्चिएर जान सक्नु संसारकै महान काम हो, संस्थामा हुने गलत प्रवृतिलाई सच्चाएर स्व:स्फूर्ता रुपमा संस्था बनाउनु पनि तपाई हामी सबैको उतरदायित्व र परम कर्तब्य हो ❘ हामी सबैले गलत गरेको हो भनि रहेका छैनौं, केहि व्यक्ति र समुहले गलत गरेर संस्थाको बदनाम भइरहेको छ, ति व्यक्तिहरु संस्थाको नामलाई आड हालेर आफ्नो व्यक्तिगत स्वार्थ सिद्ध गर्न एनआरएन जापान लगायत एनआरएन आईसिसिलाई बदनाम गर्न खोजीरहेका छन्। यतिका समय बित्दै गर्दा आफ्नो पंजीकृत सदस्यहरुको विवरण विना अनुमति चोर्नेहरुलाई आइसीसीले कारबाही गर्ने तर्फ कुनै पनि चासो नदेखाएकोले संसारभरको नेपालीहरु यो अभियान प्रति नै निराश हुदै गएको हामीले महशुस गरेका छौं ❘
एनआरएन जापानका संस्थापक अध्यक्ष राजन प्रधानांगको ७ सदस्यीय छानबिन समितीले गलत भएको कुरा बाहिर ल्याईसकेर एनआरएनएको स्थापना भएदेखि आजको दिन सम्म आउदै गर्दा पहिलो पटक प्रवासी नेपालीहरुको छाता संगठन भनेर चिनिएको यो संस्थाको बिग्रदो छविको बारेमा नेपाल सरकारको सम्वद्ध निकायले पनि चासो देखाएको अवस्था छ ❘
मिति २०२१ अगष्ट २९ को छानबिन समितिको प्रतिबेदनले समेत पूर्ण रुपमा एनआरएन जापानको निर्वाचनमा धाँधली भएको पुष्टि भएको र पराराष्ट्रले पनि पत्र काटिसकेको अवस्थामा नेतृत्वको मौनता र जसरी भएपनि गलतलाई सजाय र सुधार तिर नलागी पेलेर जाने नियत देखिनु अत्यन्तै खेदपूर्ण रहेको जानकारी गराउदछौं । एनआरएनए संरक्षकहरुसंगको बैठक गर्दा पनि जापान एनआरएनको धाँधलीको समस्या अझै जटिल बन्दै गई रहेको अवस्थामा केहि आईसीसीका पदाधिकारीहरुले समस्या मिलिसक्यो भनेर झुटो ब्रिफ्रिंग गरेको सुनिनुले हामी यस्तो कार्य गर्नेहरु प्रति खेद प्रकट गर्दछौं ❘ उहाँहरू को को हुनु हुन्छ नाम सार्वजनिक गर्न आईसिसि अध्यक्ष लगायत सम्बन्धित सबैलाई आह्वान गर्दछौं ❘
मिति २०७८/०५/१७ को पराराष्ट्रको पत्रको अनुसरण गर्दा पनि नेपाल सरकारले जुलाई ३० को एनआरएन जापानको निर्वाचन धाँधलीपूर्ण भएको र रद्द हुनु पर्ने आशय जापान भित्रको सम्पूर्ण प्रबासी नेपाली समाजमा र संसार भरि नै प्रष्टरुपमा व्यक्त भएको देखिन्छ भने निस्वार्थ समाजसेवामा लागेका आम नेपालीहरुको चाहना पनि त्यहि छ।
यसरी एक पछि अर्को प्रतिवेदन र नेपाल सरकार समेतले धाँधली भएको कुरालाइ आत्मसात गरि सकेको आवस्थामा एनआरएनए आईसिसिले यस प्रकरणलाइ गम्भीर रुपमा लिदै जापानमा भएको धाँधलीपूर्ण निर्वाचन तत्काल रद्द गरि आइसीसीको अक्टोबरलाई तय गरिएको आसन्न महाधिवेशन र निर्वाचनको लागि बाटो खोल्नु पर्दछ। यो समस्या जापानमात्र नभईकन अन्य राष्ट्राहरूमा समेतमा फैलिन नदिन र नेपाली समाजलाई एकता भाईचारा र एनआरएन संस्थाप्रति गोलबद्ध राखी राख्न पनि केन्द्रले सत्य तथ्यलाई आत्मसात गरि तत्काल जुलाई ३० को निर्वाचन रद्द गरि तत्काल पुनः अर्को निर्वाचन गर्न गराउन आव्हान गर्न हामी हार्दिक अनुरोध साथ यो निबेदन गर्दछौं ।
जापानको समस्या हल गर्न तत्काल एनआरएनए आईसीसीले निम्न बमोजिम कार्य गरोस भन्ने हामी सबै प्रवासी नेपालीहरुको माग हो :
१.जुलाई ३० को निर्वाचन तत्काल रद्द गरिएको घोषणा गरियोस् । धाँधलीपूर्ण निर्वाचन बाट निर्वाचित भनिएको कथित कार्यसमितिलाई हामीले मात्र नभएर जापानवासी नेपालीहरुले पनि मान्यता दिएका छैनन् । यथाशक्य चाँडो निर्वाचन गरि वैध कार्यसमिति नबनुन्जेल सम्म हामी जापानवासी नेपालीले यो कथित समितिलाई कुनै पनि हालत मान्यता दिने छैनौं ।
२,जुलाई ३० को निर्वाचन रद्द नगर्दा सम्म एनआरएनए जापानको नाममा रहेको आर्थिक कोष २०१९ -२०२१ को कार्यसमिति सँग यथा अवस्थामा रहिरहने समेत जानकारी गराउदछौं ।
३, वैधानिक कार्य समिति नबने सम्म एनआरएनको नाममा कसैले कुनै पनि कार्यक्रम जापान वा जापानको एनआरएनको नाममा कहि कतै भए गरेमा गर्न लगाएमा बाँधा अवरोध गरिने छ ।
४. जापान लगायत विश्वभर रहेको सबै संघ संस्थालाई जापानको कथित अवैधानिक कार्यसमितिले गर्ने कुनै पनि कार्यक्रममा सहभागी नहुन समेत हार्दिक आह्वान गर्दछौं ।
५.कथित अवैधानिक कार्य समितिका सम्पूर्ण साथीहरुले आफ्नो मनलाई ठुलो बनाएर धाँधलीपूर्ण भएको निर्वाचन रद्द गर्न एवम् यस्तो धाँधलीपूर्ण निर्वाचन गरि बनाएको भनिएको अवैधानिक कार्यसमितिमा म, हामी बस्दैनौ भनि एकल वा समुहगत रुपमा घोषणा गरि ‘स्वस्थ र स्वच्छ एनआरएनए’ बनाउन सहयोग गर्न हार्दिक अनुरोध गर्दछौं ।
६.बिगत लामो समय देखि एन आर एन जापानमा सदस्य भई काम गरी रहेको पंजीकृत सदस्य तथा विभिन्न पदहरुमा बसी काम काम गरेको सदस्य हरुलाई उचित रुपमा ६५%, निर्वाचन बाट चुनिएर जाने पंजीकृत सदस्य बाट २५ % र एन आर एन जापान लाइ बिसेष योगदान दिएको सदस्य हरु बाट १०% प्रतिनिधित्व हुनु पर्ने मा निर्वाचन लगायतको आवस्यक प्रक्रिया केहि पनि नगरी सदस्य नभएको, भ्रष्टाचारकोअभियोग लागेको सदस्य तथा उनीहरुको परिवार, कहिल्यै एन आर एन मा काम नगरेका एन आर एन भन्ने थाहा नै नभएकोहरुलाइ समेत सदस्य बन्ने निर्वाचन प्रतिनिधि समेत बनाएको,संस्थामा लामो समय योगदान दिएका हरुलाई पाखा लगाएर सामान्य जानकारी पनि नभएका मान्छे हरुलाई भोट बैंकको रुपमा एक पक्षिय नामावली पठाईएकोले सो समेत बदर गरि पाउन अनुरोध गर्दछौं ।
७. अद्वितीय ज्ञानको भण्डार मानिएको यो संस्थामा जसरि पनि पद प्राप्त गर्नुपर्छ भन्ने कलंकितहरुको बर्चस्व बढदै गएकोले यो पवित्र संस्था दुर्गन्धको महासागर बन्ने सम्भावना अत्यधिक बढ्दै गएको छ। यति धेरै प्रमाणहरु छताछुल्ल हुदाहुदै पनि जनमतको अपमान गरि अगाडी बढ्ने चेस्टा गरिएमा सारा प्रवासी जापानी नेपालीको सहकार्यमा समानान्तर समिति बनाएर भएपनि गलत प्रवृतिको विरुद्ध हामी लड्नु पर्ने अवस्था समेत आउन सक्छ भन्ने जानकारी समेत गराउदछौं । समानान्तर समिति बनाएर अगाडि बढ्न धेरै सुझावहरु आएकोले त्यस बिषयमा हाम्रो ध्यान केन्द्रित भएको र त्यो अवस्थासम्म नपुराइदिन पुन: निवेदन गर्दछौं ।
निवेदक उम्मेदवारहरु
डा.बलराम श्रेष्ठ – आइसीसी सदस्य
(निवेदक संयोजक)
राम हरी पुडासैनी आइसिसि सदस्य
अनिता गुरुङ – अध्यक्ष उम्मेदवार
नरेन्द्र कुमार बस्नेत (दिनेश) अध्यक्ष उम्मेदवार
किरण बर्मा अध्यक्ष उम्मेदवार
सरोज खत्री अध्यक्ष उम्मेदवार
छत्र दाहाल – ब.उपाध्यक्ष उम्मेदवार
बिष्णु प्रसाद घिमिरे उपाध्यक्ष उम्मेदवार
जिबन कुमार गुरुङ उपाध्यक्ष उम्मेदवार
बाल कृष्ण कंडेल (हिमाल) उपाध्यक्ष उम्मेदवार
बिकाश बस्नेत उपाध्यक्ष उम्मेदवार
दीकाराम कंडेल उपाध्यक्ष उम्मेदवार
बुद्दी राज घिमिरे उपाध्यक्ष उम्मेदवार
कालिका थापा महिला उपाध्यक्ष उम्मेदवार
टिकाराम खरेल महासचिव उम्मेदवार
कृष्ण प्रसाद खनाल कोषाध्यक्ष उम्मेदवार
सचिन श्रेष्ठ कोषाध्यक्ष उम्मेदवार
राजेश खनाल युवा संयोजक उम्मेदवार
राम प्रसाद शर्मा धनपति (रामु ढकाल ) सदस्य उम्मेदवार
राजु पनेरु सदस्य उम्मेदवार
सुरेश सापकोटा (सुनिल) सदस्य उम्मेदवार
राम बहादुर खत्री (अर्जुन केसी) सदस्य उम्मेदवार
फडिन्द्र पहाडी सदस्य उम्मेदवार
रामु कंडेल सदस्य उम्मेदवार
थम बहादुर क्षेत्री सदस्य उम्मेदवार
कृष्ण बहादुर थापा सदस्य उम्मेदवार
तारा बहादुर कार्की सदस्य उम्मेदवार
बिनय गुरुङ सदस्य उम्मेदवार
मन्जु गिरी सदस्य उम्मेदवार

जथाभावि नाम नहालिदिनु हुन बिनय गुरुङको अनुरोध
गत सम्पन्न एनआरएन्ए जापानको सदस्य पदका उमेदवार बिनय गुरुङले जथाभावि नाम नहालिदिनु हुन अनुरोध गरेका छन् ।
उनले आफ्नो नाम नसोधि हालेकोले जथाभावि नाम नहालिदिनु हुन अनुरोध हुन । गुरुङले यसरी भनेका छन् यदि गलत नै भएको थियो र हो भने सत्य तथ्य के हो त्यसको छानबीन होस् । तर यहाँहरूले नाम राख्नु भन्दा पहिला चाहि हामी सम्बन्धित व्यक्तिहरूलाई पनि एक दुई शब्द त सोध्नुस् । आईन्द जथाभावि नाम नहालिदिनु हुन अनुरोध गर्दछु ।
यदि हाल्ने नै हो भने एक पटक हामीलाई पनि खबर गर्नुस् । त्यस पछि मात्रै राख्ने की नराख्ने हामीले भन्ने छौं ।
यदि जायज विषय वस्तु र मूद्दा छ भने उठाउनु राम्रो पक्ष हो । तर अनुमति विना नाम समेट्नु गलत हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: