नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्रिय पुरुष क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ क्यान र राष्ट्रिय टिमको जर्सीको मुख्य प्रायोजक माइसेकेन्ड टिचरले सोमबार संयुक्त रुपमा जर्सी सार्वजनिक गरेको हो । जर्सी डिजाइनमा ५०० जनाको आवेदन परेकोमा आदर्श पोखरेलको डिजाइन उत्कृष्ट भएको हो ।क्यानले छनोटका लागि ४ सदस्यीय समिति बनाएको थियो । जसमा क्यानका केन्द्रीय सदस्य छुम्बी लामा, महाप्रवन्धक रौनक मल्ल, क्रिकेट म्यानेजर बिनोद दास र माइसेकेन्ड टिचरबाट एक जना प्रतिनिधि रहेका थिए ।

जर्सी डिजाइनका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को नियम पालना गरिएको क्यानले जनाएको छ ।नेपालले आगामी सेप्टेम्बरमा ओमानमा क्रिकेट विश्वकप लिग २ सिरिज खेल्दैछ । त्यसअघि पपुवा न्यूगिनीसँग दुई ओडीआई म्याच खेल्नेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: