शुक्रबार, बैशाख १४, २०८१

कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु, २१२६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३,०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३,०७५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या आठ लाख २० हजार ६ सय पाँच पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २१२६ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९१ हजार २९९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०४२९ पुगेको छ । क्वारेन्टाइनमा ३८५ जना रहेका छन् भने आइसोलेसनमा ४० हजार ५०० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।