बुधबार, बैशाख १९, २०८१

अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्दार गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको छिटो उद्दार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई उद्दार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

सरकारले उद्दारका लागि समन्वयात्मक भूमिमा निर्वाह गर्ने सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले भने, ‘सरकारले अफगानिस्तानको घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ। नेपालीलाई शीघ्र उद्दार गर्ने र नेपाल सरकारका सम्बन्धित निकायले समन्वयात्मक रुपमा कार्य अगाडि बढाउने छन् ।’

त्यसैगरी बैठकले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुको समस्या समाधानका लागि कुटनीतिक पहल गर्ने निर्णय गरेको छ। बेलायतको लण्डनमा जारी धर्नाबारे सरकारको ध्यानकर्षण भएको भन्दै प्रवक्ता कार्कीले समस्या समाधानका लागि पहल गर्ने बताए । उनले कुटनीतिक माध्यमबाट सरकारले समस्या समाधानका लागि पहल गरिरहेकाले आमरण अनशन फिर्ता लिन आग्रह गरे ।