तालिवान विद्रोहीद्धारा राष्ट्रपति भवन कब्जा, राष्ट्रपतिसहित कयौं अफगानीले देश छाडे

काबुल । अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेपछि तालिवान विद्रोहीले काबुलस्थित राष्ट्रपति भवन कब्जा गरेका छन् ।
राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति देश छाडेर काजिकिस्तानतर्फ भागेका छन् । रोएटर्सलाई उदृत गर्दै बीबीसीले तालिवान विद्रोहीबाट राष्ट्रपति भवन कब्जा भएको जनाएको छ ।
देशभर कब्जा जमाउँदै अघि बढेको तालिवान आइतबार मात्रै काबुल प्रवेश गरेको थियो भने वार्तामार्फत तालिवानलाई सत्ता हस्तान्तरणको तयारी हुँदै गर्दा गानी देश छाडेर विदेश भागेका थिए ।
स्थानीय पत्रकार विलाल सरवरीले तालिवानसँग वार्तामा संलग्न दुई सरकारी अधिकारीलाई उदृत गर्दै गानी सत्ता हस्तान्तरण गर्न राजी भएको बताएका छन् । सम्झौताअनुसार सत्ता हस्तान्तरण कार्यक्रम राष्ट्रपति भवनमा आयोजना गर्ने तय पनि भएको थियो भने जुन समारोहमा गानी सहभागी हुने तय भएको थियो । तर उनी एकाएक विदेश भागेका हुन् ।
काबुल मिसनका अमेरिकी राजदूतलाई अमेरिकी सेनाले काबुल एयरपोर्टबाट उद्दार गरेको छ ।

यसले २० वर्षपछि अफगानिस्तानमा तालिवानको शासन लगभग निश्चित गरेको छ ।
रिपोर्टहरुका अनुसार काबुलको केही स्थानमा गोलाबारीको आवाज समेत सुनिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: