नेपाल अमेरिका पत्रकार संघको अध्यक्षमा न्यौपाने निर्वाचित

अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्ष पदमा बिकासराज न्यौपाने निर्वाचित भएका छन् । नेजाको सातौँ अधिवेशन तथा १४ औ साधारण सभाले बिकास राज न्यौपानेलाई २०२१-०२३ अवधिको लागि निर्वाचित गरेको छ ।
अध्यक्ष पदमा प्रारम्भमा बिकास राज न्यौपाने, गोकुल ढकाल ,किरण मरहठ्ठा, निदेश अधिकारी ,अनुज थापा तथा विष्णुहरी घिमिरे सहित ६ जनाले उम्मेदवारी दिएका थिए ।

अध्यक्ष पदमा उम्मेदवारी दिने मध्ये सबैभन्दा पहिले निदेश अधिकारीले उम्मेदवारी फिर्ता लिई गोकुल ढकाललाई समर्थन गर्ने घोषणा गरेका थिए ।

यसै गरि किरण मरहठ्ठा त्यस पछि बिष्णुहरि घिमिरेले अन्तिममा उम्मेदवारी फिर्ता लिए पछि अध्यक्ष पदको चुनावी प्रक्रियामा ३ जना मात्र उम्मेदवार बीच प्रतिस्पर्धा भएको थियो ।

सम्पन्न निर्वाचनमा कोषाध्यक्ष पदमा प्रभात भट्टराई तथा सचिवमा कल्पना घिमिरे निर्विरोध निर्वाचित भएका छन् । यसैगरी सदस्यहरूमा अनिल अधिकारी, बाबुराम दाहाल, संगम बानियाँ र ज्ञान शर्मा निर्विरोध निर्वाचित भएका छन ।

यसैगरी क्षेत्रीय संयोजकहरूमा शिव नेपाल (पश्चिम) बिराज भण्डारी (पश्चिम) ,लीला देवी ओझा (डिसी क्षेत्र),गोकुल श्रेष्ठ (उत्तर पूर्व) तथा सृजन पण्डित दक्षिण)बाट निर्विरोध निर्वाचित भएका छन् ।

जुलाई २५ आइतबारका दिन सम्पन्न भएको निर्वाचनमा उपाध्यक्ष पदमा मच्छे देवी गुरुङ विजयी भएकी छिन उनले ६० मत प्राप्त गरेकी छिन् । महासचिव पदमा सुरज भण्डारीले ४१ मत प्राप्त गरि विजयी भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: