शुक्रबार, बैशाख १४, २०८१

कोरोना संक्रमणबाट १६ जनाको मृत्यु, २१९७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १० हजार ६२५ जनाको पीसीआर विधिबाट र ४ हजार २८५ जनाको एन्टिजन विधिबाट गरिएको परिक्षणबाट ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँमा ४२१, ललितपुरमा १०८ र भक्तपुरमा ८६ जना गरी काठमाडौँ उपत्यकामा मात्र ६१५ जना सङ्क्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ६ लाख ७९ हजार १७ पुगेको छ । त्यस्तै पछिल्लो शनिबार  २ हजार १९७ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४१ हजार ५६५ पुगेको छ ।

शनिबार कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६९५ पुगेको छ । हाल नेपालमा २५ हजार ८६ जना होम आइसोलेसन, २ हजार ६७१ जना संस्थागत आइसोलेसन, ६५० जना आईसीयू र १६५ जना भेन्टिलेटरमा उपचाररत छन् । नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ७९ हजार १७ जना र एन्टिजेन विधिबाट ५४ हजार २४३ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।