क्रियाशील सदस्यतालाई लिएर कांग्रेसमा किचलो, वडा तहको अधिवेशन स्थगित

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहको अधिवेशन स्थगित भएको छ । शनिबार कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले वडा अधिवेशन स्थगित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।  साउन १२ गतेदेखि वडास्तरीय अधिवेशन गर्ने कांग्रेसको कार्यसूची थियो।

क्रियाशील सदस्यता वितरणमा विवाद भएपछि निर्धारित मितिमा वडा अधिवेशन गर्न नसकिएको प्रवक्ता शर्माले बताए । क्रियाशील सदस्यताको छानविन प्रतिवेदन साउन १२ मा पेश हुँदैछ।

छानविन समिति संयोजक रमेश लेखकले प्रतिवेदन पेश गरेपछि मात्रै अधिवेशनको टुंगो लाग्ने प्रवक्ता शर्माले बताए । कांग्रेसको महाधिवेशन भदौ १६ गतेदेखि तोकिएको छ। त्यसलाई प्रभावित नपार्ने गरी नयाँ मिति तोकिने शर्माले बताए।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: