बिहिबार, बैशाख ०६, २०८१

एनआरएनए जापानका उपाध्यक्ष दिपक कार्कीद्वारा आईसीसी सदस्यमा जाने औपचारिक घोषणा

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको क्षेत्रीय उपाध्यक्ष दिपक कार्कीले आगामी कार्यकाल २०२१-२०२३ को लागि एनआरएनए आईसीसी सदस्य पदमा आफ्नो उम्मेद्धारी दिएका छन ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको अध्यक्ष समेत रहेका कार्कीले एनआरएनए आईसिसी सदस्य पदमा औपचारिक रूपमा उम्मेद्धारी दिएका हुन ।
यस अघि एनआरएनए जापानको अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए । एनआरएनए जापानको अध्यक्ष पदमा उम्मेद्धारी दिएका कार्कीले अग्रजको सल्लाह र सुझाबका आधारमा आफुले बरिष्ठ उपाध्यक्षमा उम्मेद्धारी दिएको स्पष्टीकरण सामाजिक संजाल फेसबुक मार्फत दिएका थिए । त्यस पश्चात पनि बरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेद्धारी घोषणा गरेका कार्कीले जापानमा उक्त पदमा पनि आफ्नै सहकर्मी मित्रहरुले ईच्छा देखाएकोले आपसी सम्बन्धलाई ख्याल गरी साथीभाईहरुको सम्बन्धलाई निरन्तरता दिदै आगामी दिनलाई पनि सहकार्य गर्नुपर्ने भएकोले सबैलाई सहजहोस र सम्बन्धमा दरार नआउन भन्ने उद्देश्यले आफुले आईसीसी रोजेको प्रतिक्रिया दिएका छन ।

एनआरएनएका गतिविधीलाई विभिन्न क्षेत्रमा विस्तार गर्दै सबै क्षेत्रमा नेपाली समुदायको मनोभावना बुझेर काम गर्न एनआरएनए जापानको नेतृत्वमा आउन खोजे पनि अन्तत आईसीसीमा उम्मेद्वार दर्ता गराएका छन ।
एनआरएनएको अभियानमा एक दशक भन्दा लामो समयदेखि क्रियाशील रहेका कार्की नायोया क्षेत्रको क्षेत्रीय संयोजक समेत भैसकेका छन । सो क्षेत्रको संयोजक हुदा कार्कीले संस्थागत रूपमा धेरै सकारात्मक सुधारहरु गरेको दाबी गर्छन ।
एनआरएनए जापानका सबै क्षेत्रमा क्षेत्रीय समिति गठन गर्न र टोकियो केन्द्रित एनआरएनएका गतिविधीलाई विभिन्न क्षेत्रमा विस्तार गर्न पनि आफूको उत्तीकै योगदान कार्कीले बताए ।

एनआरएनए जापानको आगामी कार्यकाल २०२१-२०२३ का लागि जुलाई २५ तारिख ओसाकामा उदघाटन र २७ जुलाईमा निर्वाचन हुँदैछ ।