एनआरएनए जापानको उपाध्यक्षमा बुद्घिराज घिमिरे औपचारिक उम्मेद्वारी

टोकियो । गैरआवासीय नेपाली संघ( एनआरएनए ) जापानको उपाध्यक्ष पदमा बुद्घिराज घिमिरेले औपचारिक उम्मेद्वारी दर्ता गरेका छन ।

एनआरएनए जापानको निवर्तमान महासचिव बुद्घिराज घिमिरेले आगामी कार्यकालको लागि उपाध्यक्षमा औपचारिक उम्मेद्वारी दर्ता गरेका हुन ।

एनआरएनए अभियानमा एक दशक बिताएका घिमिरेले जापानको कार्यसमितिमा कांतो कमिटीको सचिब हुदै एनसीसीमा ३ कार्यकाल काम गरेका छन । एनआरएनए जापानका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजु भाईहरुमा साथ, सपोर्टको लागि घिमिरेले यस पटक पनि आग्रह गरेका छन ।

यस्तो छ आफनै भाषामा बुद्धिराज घिमिरेको अपिल

हार्दिक नमस्कार :
म लामो समय देखि NRNA अभियानमा जोडिएर क्षेत्र देखि केन्द्रसम्मका बिभिन्न कार्यकारी पदमा रहदा या नरहदा पनि निरन्तर यो अभियानका सामाजिक गतिविधिहरुमा सक्रिय भूमिका निभाऊदै आइरहेको यहाहरु माझ अवगतनै छ। मैले एनआरएनए जापानको २०२१-२०२३ कार्यकालको लागि अध्यक्ष पद को औपचारिक  उमेदवारी स्वरुप सामाजिक संजालमार्फ़त  घोषणा गरेको थिए तर ,जापानवासी दिदी बहिनी तथा दाजुभाई एवं आदरणीय अग्रजहरुको सल्लाह-सुझाव लाई आत्म साथ गर्दै मिल्ने र मिलाउने क्रममा अध्यक्षपदको उम्मेदवारी लाई थाती राख्दै

आगामी कार्यकालको लागी उपाध्यक्ष पदमा औपचारिक उम्मेदवारी दर्ता गराएको जानकारी यहाहरु समक्ष गर्दछु।यहि आऊदो जुलाइ २७ तारिक एन.आर.एन.ए.जापानको निर्वाचनमा यहाहरुले मलाई उपाध्यक्ष पदमा आफ्नो अमूल्य मत दिइ  बिजय गराइदिनु हुने छ भन्ने पूर्णविश्वासका साथ हार्दिक अनुरोध गर्दछु🙏🙏

बुद्घि राज घिमिरे
उपाध्यक्ष पदको उमेदवार(पुर्व सचिव कान्तो कमिटी ११/१३,
पुर्व सचिव एनसिसि जापान १५/१७,
निवर्तमान महासचिव एनसिसि जापान १७/१९
गैरआवसिय नेपाली संघ, रासप जापान तथा आईसिसि बिधान ड्राफ्ट समिति सदस्य १९/२१)

फेसबुकबाट तपाइको प्रतिक्रिया