डिआरसीमा जाने घोषणा गर्दै दवीवल खड्काद्वारा एनआरएनए जापानको अध्यक्षको उम्मेद्वारी फिर्ता, ६ जना निर्विरोध

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसी सदस्य ददीवल खड्काले जापानको एनसीसी अध्यक्षको उम्मेद्वारी फिर्ता गरेको घोषणा गर्नु भएको छ ।
एनआरएनए एसिया क्षेत्रीय समितिको उप संयोजक पदमा दाबी रहने उल्लेख गर्दै राष्ट्रिय समन्वय परिषद जापानको अध्यक्ष पदमा उम्मेदवारी दाबी गरेका खड्काले सो उम्मेदवारी फिर्ता लिएका छन ।
जापानको सफल ब्यवसायी खड्काले एनआरएनए जापानको बेतिथि अपारदर्शी र आर्थिक अनियमिततालाई न्यूनिकरण गर्न सक्ने योजनासहित अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरे पनि यस अभियानमा लागेका अग्रजहरुको आग्रह, समकालीनहरुको सत्भाब तथा आफू भन्दा यस अभियानमा लामो योगदान गरेकाहरुलाई सहयोग़ पुर्याउनका लागि एनसीसी जापानको अध्यक्ष पदको दाबी त्याग गर्दै एनआरएनएको एसिया क्षेत्रीय समितिको उप संयोजक (DRC)पदमा दाबी प्रस्तुत गरेको बताएका छन ।
साथै आफ़नो उम्मेदवारी फिर्ताले एनआरएनए जापानमा सर्वसहमतिबाट नेतृत्व चयन होस भन्ने अपेक्षा राखेको खड्काले बताए ।

‘मेरो उम्मेदवारीप्रति सत्भाव व्यक्त गर्नुहुने प्रचारप्रसार गरेर सहयोग पुर्याउनु हुने, सहयोगको प्रतिबद्धता व्यक्त गर्नुहुने सम्पूर्णमा मेरो उम्मेदवारीको दौड़बाट पछि हट्दा पर्न गएको असुविधाप्रति कृतघ्न भएर माफी चाहन्छु ।’ खड्काले भनेका छन- म सदा यहाँहरु कै साथमा रहिरहने र आगामी मेरा हरेक कार्यमा यस्तै माया ममता सत्भाव र सहयोगको अपेक्षा गर्दछु ।

जापानको आगामी कार्यकाल २०२१-२०२३ का लागि अध्यक्ष पदमा ददीवल खड्कासंगै नारायण खड्काले पनि उम्मेदवारी फिर्ता लिएका छन ।
खड्काद्वयले उम्मेदवारी फिर्ता लिएपछि अब शिवप्रसाद पौडेल, अनिता लामा गुरुङ, नरेन्द्रकुमार बस्नेत दिनेश र सरोजकुमार खत्री र किरण वर्मा चुनावी मैदानमा प्रतिष्पर्धा गर्ने भएका छन ।
त्यसैगरि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका बिष्णुप्रसाद सुबेदीले पनि उम्मेदवारी फिर्ता लिएका छन ।
त्यस्तै सह कोषाध्यक्ष पदमा दुईजनाको उम्मेदवारी दर्ता भएकोमा बाबुराम खरेलले आफ्नो उम्मेदवारी फिर्ता भएपछि दिपक सुनार निर्विरोध भएका छन ।
एनआरएनए जापानको दुई सचिब श्याम सितल, देवेन्द्र उप्रेदी, महिला संयोजक अंजु भण्डारी, महिला सचिबमा एलिजा केसी, महिला सदस्यमा हेमा पाण्डे निर्विरोध निर्वाचित भएका छन ।

अब जुलाई २५ तारिख उदघाटन र २७ तारिख हुने निर्वाचनमा २९ पदको लागि ५६ जना निर्वाचनको मैदानमा रहेका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: