एनआरएनए आईसीसी सदस्यमा बिकास श्रेष्ठको उम्मेद्वारी, लडेर हैन मिलेर जाने उद्घोष

टोकियो । एनआरएनए आईसीसी सदस्यमा बिकास श्रेष्ठले उम्मेदवारी घोषणासँगै मनोनयन दर्ता गराउनु भएको छ । जापान बसाईको अनुभव र युवाहरुलाई सामाजिक अभियानमा जोड्ने उद्देश्यले उम्मेदवारी दर्ता गराएको श्रेष्ठले बताउनुभयो ।

एनआरएनए जापानको सल्लाहकार, एनआएनए निर्वाचन समितिको सदस्य रहेर काम गरिसक्नुभएका श्रेष्ठले जापानिज भाषा अध्ययनका लागि जापान आउने नेपाली विद्यार्थीहरुको क्षेत्रमा लामो समय काम गर्नुका अलवा जापानिज रेष्टुरेन्ट ब्यबसाय, रियल स्टेट लगायतका ब्यबसायहरु संचालन गरिरहनभएको छ ।
कास्की पोखरा समाज जापानको निर्वतमान अध्यक्ष बनिसक्नु भएका श्रेष्ठलाई स्पष्ट वक्ता श्रेष्ठले लडेर हैन मिलेर जाने उद्घोष गर्नु भएको छ ।

नआरएन जापानमा देखिएको अनियमितता नियन्त्रणका लागि प्रविधि र अनुभविलाई जिम्मेवारी दिन अनुरोध गर्दै एनआरएन अभियानमा निरन्तरता, समाजमा सक्रियता अनुभवमा निखारता, व्यवहारमा पारदर्शिता हुनु पर्ने बताउदै आफनो उम्मेदवारी दर्ता गरेको बताउनु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: