शनिबार, बैशाख ०८, २०८१

नेपालमा थप २,०१६ मा कोरोना पुष्टि,४९१४ जना संक्रमणमुक्त,३० को मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २,०१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २,०१६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १८१, भक्तपुरमा २५ र ललितपुरमा ४३ जना सङ्क्रमित थपिएका छन्। योसँगै कोरोना संक्रमितको संख्या ६ लाख ३२ हजार ३२६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ४९१४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८९७५ पुगेको छ । क्वारेन्टाइनमा ३६१ जना छन् भने आइसोलेसनमा ४२०२४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

कुल सक्रिय सङ्क्रमितमध्ये ८,४४४ जना काठमाडौं उपत्यकामा रहेका छन्। अहिले देशभरिका ५०० भन्दा बढी सक्रिय सङ्क्रमित हुने जिल्लाको सङ्ख्या घटेर २७ वटा रहेका छन। थप २७ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ७३४ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र २२२ जना भेन्टिलेटरमा छन्।