नेपालमा थप २,४२१ मा कोरोना पुष्टि,३५५८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४६१ पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार विगत २४ घण्टामा भक्तपुरमा ५७, ललितपुरमा ९४ र काठमाण्डूमा ३४६ गरी उपत्यकामा कुल ४९७ जनामा कोभिड पुष्टि भएको हो।

त्यस्तै कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३५५८ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ५० हजार ५२० रहेको छ । तीमध्ये ४७,२८६ जना घरमै छन् भने ३,२३४ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।

नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ६ लाख ५६ हजारभन्दा बढी भएको छ भने मृतकको सङ्ख्या ८,८९४ पुगेको छ। सङ्क्रमितमध्ये अहिले ७३४ जना र आईसीयूमा २१३ जना भेन्टिलेटरमा छन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: