शुक्रबार, चैत १६, २०८०

खुकुलो बनाउँदै उपत्यकामा थपियो निषेधाज्ञा,निजी साधन जोर–विजोर प्रणालीमा चलाउन पाइने

काठमाडौं । काठमाडौं उपत्यकामा केही खुकुलो बनाउँदै जारी निषेधाज्ञा एक साता थपिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार साँझ ५ बजे बसेको बैठकले असार १४ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार थपिएको निषेधाज्ञामा निजी सवारी साधन जोर–विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन गर्न पनि पाइनेछ ।