शुक्रबार, बैशाख ०७, २०८१

सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता गरे ओली पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउन तयार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकतालाई रक्षा गर्न ६ बुँदे प्रस्ताव गरेका छन् ।
आइतबार राति विज्ञप्तिमातर्फत अध्यक्ष ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने, मातहतका पार्टी कमिटी र जनसंगठनहरु जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने लगायतका प्रस्ताव गरेका छन् ।

खासगरी एमालेको माधव नेपाल पक्षले ओलीले आफूहरुलाई भूलाउन मात्र वार्ताको मञ्चन गरेको भन्दै नयाँ पार्टी खोल्नेसम्मको चेतावनी दिएपछि ओलीले यस्तो प्रस्ताव गरेका हुन् ।