बिहिबार, बैशाख १३, २०८१

चीनमा दैनिक करिब एक करोड ४० लाखले लगाउँछन् कोरोना खोप

काठमाडौं । चीनले अहिले विश्वमा सबैभन्दा धेरै दैनिक करिब एक करोड ४० लाख मानिसलाई कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप लगाइरहेको छ। अहिले कोरोना विरुद्ध आफ्ना नागरिकरुलाई खोप लगाउँदै मुलुकको अर्थतन्त्र सबैभन्दा पहिला खोल्ने दाउमा विश्वभर खोप अभियान चलिरहेको छ । यस्तोमा दैनिक खोप लगाउनेको संख्याको आधारमा चीन सबैभन्दा अगाडि देखिएको हो।

पछिल्लो समय चीनको पूर्वी प्रान्तमा अन्हुई र उत्तरपूर्वी लियाओनिङ प्रान्तमा कोरोनाका संक्रमित बढेसँगै चीनले आफ्नो खोप अभियानलाई तीव्रता दिएको हो। सामाजिक सञ्जालहरुमा राखिएको भिडियोमा मानिसहरु खोप लगाउन निकै उत्साहित देखिएका छन् । खोप केन्द्रअघि भारी वर्षा भइरहेको समयमा पनि लामो लाइन देख्न सकिन्छ । अन्हुई प्रान्तको राजधानी हेफेईमा शुक्रबार तीन लाख ६० हजार डोज कोरोना खोप दिइएको थियो । एक करोड मानिसको जनसंख्या रहेको यो सहरमा शुक्रबार सबैभन्दा धेरै मानिसले कोरोना खोप लगाएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले बताएको छ