नाडालले दसौंपटक जिते इटालियन ओपन

काठमाडौं । राफेल नाडालले आइतबार दसौंपल्ट इटालियन ओपन जितेका छन् । यसका लागि उनले विश्व नम्बर १ खेलाडी नोभाक जोकोभिचलाई ७–५, १–६ र ६–३ ले हराए । फ्रेन्च ओपन सुरु हुनु दुई साताअगाडि उनले यो जित निकालेका हुन् ।दोस्रो वरीयताका नाडाल र जोकोभिचबीच खेल भएको यो ५७औं पल्ट हो । यो जितपछि नाडालले ३६औं एटीपी मास्टर्स उपाधि उचाल्दै जोकोभिचकै बराबरी गरेका छन् ।
यी दुई खेलाडीबीच यसअघि अन्तिम पटक फ्रेन्च ओपनको फाइनलमा भेट भएको थियो । त्यसमा नाडाल नै विजयी रहेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: