नेपाललाई छिट्टै लिक्‍विड अक्सिजन दिन्छौं : भारतीय राजदूत क्‍वात्रा

काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्‍वात्राले ८–१० दिनभित्र नेपाललाई लिक्विड अक्सिजन दिने बताएका छन् । कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै भारतले अक्सिजन निर्यातमा रोक लगाएको थियो ।
सोमबार एक भर्चुअल कार्यक्रममा बोल्दै राजदूत क्वात्राले संकटमा रहेको नेपाललाई निरन्तर सहयोग गर्ने बताए ।‘आगामी ८–१० दिनभित्र लिक्विड अक्सिजनको ट्यांकर नेपाल आइपुग्ने छ,’ उनले भने । भारतले नेपाललाई २३ लाख कोरोना विरुद्धको खोप उपलब्ध गराइसकेको पनि उनले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: