शनिबार, बैशाख ०८, २०८१

चौधरी फाउन्डेसनले आईसीयू वार्ड र अक्सिजन प्लान्ट बनाउने

काठमाडौँ — कोभिड–१९ को दोस्रो लहरबाट उत्पन्न स्वास्थ्य संकटमा सहयोग पुर्‍याउन चौधरी फाउन्डेसनले आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने बताएको छ। फाउन्डेसनले वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने बताएको छ ।
सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकामा एकरएक वटा अक्सिजन प्लान्ट स्थापना गर्ने पनि फाउन्डेसनले बताएको छ । फाउन्डेसनले गत वर्ष कोरोना महामारीको पहिलो लहरका बेला आपत्कालीन सहयोग कार्यक्रमअन्तर्गत देशभरका २ सयभन्दा बढी स्वास्थ्य केन्द्रमा पीपीई, सेनिटाइजर, मास्क उपलब्ध गराएको बताएको छ।