मङ्गलबार, बैशाख ०४, २०८१

नेप्सेमा उत्साह, ५४.२६ अंक बढ्दा कारोबार रकम १० अर्बभन्दा माथि

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आज उच्च वृद्धि भएको छ । साताको पहिलो दिन कारोबार रकममा समेत उत्साहजनक वृद्धि देखिएको छ । ८ वटा कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज बजार ५४।२६ अंकले बढ्यो ।यो २।०२ प्रतिशतको वृद्धिदर हो । आइतबार कारोबार रकम १० अर्ब ४० करोड ३८ लाख भएको छ । बजार २७३८।३५ अंकमा पुगेर रोकिएको छ ।आज ८ वटा कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आइतबार कुल २१४ कम्पनीको १ लाख १३ हजार ६९ वटा कारोबार भएको छ । यी कारोबारमा कुल २ करोड १४ लाख २८ हजार ८ सय ८२ कित्ता सेयर किनबेच भएको छ ।आइतबार सबैजसो परिसूचकमा हरियाली छायो । यसमध्ये निर्जिवन बीमा समूहको परिसूचक सबैभन्दा बढी बढ्यो । त्यसपछि क्रमशः विकास बैक, जिवन बीमा, लगानी समुहको परिसूचकमा वृद्धि भएको छ ।आज रुरु जलविद्यूत आयोजनाको सेयर मूल्यमा १० प्रतिशत वृद्धि भयो । यो कम्पनीका लगानीकर्ताले बढी कमाए ।

यसबाहेक शिखर इन्स्यारेन्स, समता घरेलु लघुवित्त वित्तीय संस्था, सप्तकोशी विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रोपावर, आइएमई जनरल इन्स्योरेन्स र विशाल बजार कम्पनीका लगानीकर्ताले बढी कमाए ।आज बढी गुमाउनेमा भने युनियन हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, नारायणी विकास बैंक, घलेम्दी हाइड्रोलगायत रहेका छन् ।