शुक्रबार, बैशाख १४, २०८१

ओली-नेपालबीच सिंहदरबारमा वार्ता, कार्यदल सदस्यको टुंगो लगाइने

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ । दुई नेताबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता भइरहेको हो । भेटमा पार्टी विवाद समाधान गर्ने गरी कार्यदल सदस्यको नाम टुंग्याउने विषयमा छलफल भइरहेको छ ।

शुक्रबार एमालेका दुई पक्षबीच भएको बैठकले कार्यदलको नाम टुंग्याउन अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई जिम्मा दिएको थियो । त्यसै दिनको वार्तामा पार्टीभित्र देखापरेका समस्याका सन्दर्भमा ०७५ जेठ २ मा फर्केर सामाधान खोज्ने सहमति भएको नेताहरूले बताएका थिए । त्यस दिनको वार्तामा गृहमन्त्री रामबहादुर थापा सहभागी भएको भन्दै नेपाल पक्षका नेताहरूले अध्यक्ष ओलीमाथि आशंका व्यक्त गरेका खबर सार्वजनिक भएका छन् ।