महामारीमा उपभोग्य वस्तुको मूल्य वृद्धि

काठमाडौं । कोरोना महामारीका बीच दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ। राजनीतिक अस्थिरता र निषेधाज्ञाको मौका छोप्दै उद्योगी, ठूला व्यापारी, र बिचौलियाहरूले चामल, तेल, दाल, गेडागुडी, चिनी र अण्डालगायत खाद्य वस्तुको मूल्य वृद्धि गरेका हुन्।निषेधाज्ञाका कारण महामारीसँग लड्दै गरेका उपभोक्ताहरूको आम्दानीसमेत घटेको अवस्थामा अनेक बहानामा दैनिक उपभोग्य वस्तुको मूल्य बढाउने काम ठूला व्यापारीहरूबाट भइरहेको छ।

                खुद्रा व्यापार संघले दिएको जानकारीअनुसार निषेधाज्ञा शुरू हुनुभन्दा अघि प्रतिकिलो १ सय १० रुपैयाँ मूल्य रहेको मसुरोको दालको मूल्य यति बेला प्रतिकिलो १ सय २२ रुपैयाँ पुगेको छ । मासको दालमा प्रतिकिलो १० रुपैयाँले वृद्धि हुँदै १ सय ६५ बाट १ सय ७५ रुपैयाँ पुगेको छ । १ सय १० रुपैयाँ किलो रहेको चनाको मूल्यमा २५ रुपैयाँले वृद्धि हुँदै प्रतिकिलो १ सय ३५ रुपैयाँ पुगेको छ । त्यसैगरी, हरेक ब्रान्डको चामलमा प्रतिबोरा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म मूल्य बढाइएको संघले बताएको छ।यतिबेला मूल्य बढाउनुपर्ने त्यस्तो खास कारण केही नभए पनि केही सीमित व्यापारी र बिचौलियाहरूले राजनीतिक तरलता र निषेधाज्ञाको बहानामा मूल्य बढाएको हुनसक्ने संघका निवर्तमान अध्यक्ष पवित्रमान वज्राचार्यले बताए 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: