स्पेनिस ला लिगा:एट्लेटिको म्याड्रिडले रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित

काठमाडौं ।शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगाको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ। गएराति भएको खेलमा रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित गर्दै एट्लेटिकोले उपाधि जित्ने सम्भावना बलियो बनाएको हो ।घरेलु मैदानमा एट्लेटिकोलाई जित दिलाउनको लागि यान्निक कारास्को र एन्जल कोरेआले गोल गरे । रियल सोसिडाडका इगल जुविल्डियाले एक गोल फर्काए ।खेलको १६औं मिनेटमा यान्निक कारास्कोले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । उनले मार्कोस लोरेन्टेको पासमा गोल गरेका थिए । २८औं मिनेटमा लुइस सुआरेज गोल गर्दै एट्लेटिको अग्रता दोब्बर बनाए । उनले एन्जल कोरेआको पासमा गोल गरेका थिए।८३औं मिनेटमा इगर जुविल्डियाले गोल गदै खेललाई २–१ को अवस्थामा ल्याएपनि त्यसपछि दुवैै टोलीबाट गोल हुन नसक्दा खेल एट्लेटिकोले जित्यो।

जितसँगै एट्लेटिकोको ३६ खेलबाट ८० अंक पुगेको छ। दोस्रो स्थानमा रहेको बार्सिलोनाको ७६ अंक रहेको छ। एक खेल कम खेलेको रियल म्याड्रिडको ७५ अंकसहित तेस्रो स्थानमा रहेको छ । पराजित सोसिडाड ५६ अंक जोडेर पाँचौ स्थानमा यथावत रहेको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: