बिहिबार, बैशाख १३, २०८१

राष्ट्रिय सरकार बनाएर एक वर्षभित्रै चुनाव गरौं : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्रीहरू बाहेकको नेतृत्वमा सबै दलको सहभागिता हुने गरी राष्ट्रिय सरकार बनाउन प्रस्ताव गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत देशमा देखिएको संकट हल गर्न सबै दलको सहभागितामा सरकार बनाउन प्रस्ताव गर्नुभएको हो ।विधानको धारा ७६ ९२० अनुसार सबै दलको सहभागिता हुने गरी राष्ट्रिय सरकार बनाउन प्रस्ताव गर्नुभएको हो। यसमा दुई वा दुईभन्दा बढी दलको सहभागितामा सरकार बन्ने प्रावधान छ।

भट्टराईले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण र संविधान संशोधनलगायत मुद्दासमेत प्राथमिकतामा राखेर हल गरिनुपर्ने उल्लेख गर्नुभएको छ। भट्टराईले एक वर्षभित्र चुनाव गर्न सकिने पनि प्रस्ताव अगाडि सार्नुभएको छ।