प्रधानमन्त्री ओली विश्वासको मत लिन असफल,पक्षमा ९३ मत प्राप्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसदबाट विश्वासको मत लिन असफल भएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा भएको मतदानमा प्रधानमन्त्री ओली विश्वासको मत लिन असफल भएका हुन् ।

विश्वासको मतका लागि भएको मत विभाजनमा प्रधानमन्त्री ओलीको पक्षमा ९३ मत परेको थियो भने प्रस्तावको विपक्षमा १२४ मत परेको थियो । त्यस्तै तटस्थमा १५ मत परेको थियो । आजको बैठकमा २३२ सांसद उपस्थित भएका थिए ।

विश्वासको मत असफल भएसँगै प्रधानमन्त्री ओली काम चलाउ भएका छन् । विश्वासको मत लिन बोलाइएको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने उपस्थित भएको थिएन । त्यस्तै जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष तटस्थ बस्यो भने उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले भने प्रधानमन्त्रीको विपक्षमा मत दिएको थियो । मत विभाजनमा सांसद उपस्थित थिए भने जना अनुपस्थित थिए ।

त्यसअघि बैठकमा प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै सरकारले असाधारण काम गरेको भन्दै मत दिन आग्रह गरेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: