प्रधानमन्त्री र सरकारमाथि हिलो छ्याप्ने काम भयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक कोरोना कहरमा फसेका बेला कोही कसैले भ्रष्टाचारबारे सोच्छ र गर्छ भने त्यसलाई नछाड्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बेठकमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्रीले यस्तो अवस्थामा कसैले अनुचित कुरा सोच्छ भने त्यस्तो गतिविधि क्षम्य नहुने र त्यस्तालाई कडा भन्दा कडा कारबाही गरिने बताएका हुन् ।

प्रधानमन्त्री र सरकारमाथि हिलो छ्याप्ने काम भएको उनले गुनासो गरे । कोभिड खोप खरीदमा भ्रष्टाचारमा नभएको कनेक्सनमा जोडेर अनुचित काम भएको उनले दाबी गरे । विश्वभर कोरोनाविरुद्धको खोप अभाव रहेको बेलामा पनि सरकारले कोरोनाको खोप लगाउने काम गरिरहेको उनले बताए । प्रधानमन्त्रीले सरकारको ध्यान कोभिड रोकथाम र उपचारमा केन्द्रित रहेको दावी गरे ।
ओलीले अहिलेको अवस्थामा विचार र संस्थागत वा कुनै प्रकारमा भिन्नतालाई थाँती राखेर सबै एकजुट भएर लाग्नुपर्ने बताए। यतिखेर आफ्नो पक्षका लागि कुनै हिसाबले प्रयोग गर्न नहुने उनले बताए।

उनले भने, ‘सरकारमा प्रयासमा साथ सहयोग दिन र सबै पक्ष सञ्चारमाध्यम राजनीतिक दल संघसंस्था एकजुट भएर यस लडाईमा सामेल होऔं ।’ उनले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसँग भेटेको र सम्झौतापत्रमा हस्ताक्षर गरेको नक्कली पत्र बनाएर प्रचार गरिएको भन्दै असन्तुष्टि पोखे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: