बुधबार, बैशाख १९, २०८१

अक्सिजन सिलिन्डर फिर्ता नगरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अक्सिजन सिलिन्डर अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न आग्रह गरेको छ ।

मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी अनुगमनका क्रममा धेरै मात्रामा अक्सिजन सिलिन्डरहरु खाली रहने वा भरेर भण्डारण गरेर राखेको पाइएको भन्दै सबै उद्योगी, व्यवसायी र सरोकारवालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिलिन्डर अस्पतालमा फिर्ता गरिदिन आगह गरेको हो ।

मन्त्रालयले अक्सिजन सिलिन्डर फिर्ता नगर्नेलाई अनुगमन गरी कारबाही गर्ने चेतावनी पनि दिएको छ ।