शुक्रबार, बैशाख ०७, २०८१

एकैदिन ७१३७ जना कोरोना सङ्क्रमित थपिए,२७ को मृत्यु,१६१२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप सात हजार दुई सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार १६ हजार एक सय ४७ जनाको पीसीआर परीक्षण गर्दा सात हजार एक सय ३७ जना र ६ सय २३ जनाको एन्टिजेन विधिमार्फत नमुना परीक्षण गर्दा ७४ गरी सात हजार दुई सय ११ जनामा सङ्क्रमण पुष्टि भएको हो । काठमाण्डौमा दुई हजार सात सय ८४, ललितपुरमा पाँच सय ५० र भक्तपुरमा तीन सय एक जना गरी उपत्यकामा आज तीन हजार पाँच सय ९५ जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै कोरोना सङ्क्रमणका कारण थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार तीन सय २५ पुगेको मन्त्रालयले छ ।

यस्तै एक हजार ६ सय १२ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ८३ हजार नौ सय ९४ पुगेको छ । अहिले ४८ हजार सात सय ११ जना सक्रिय सङ्क्रमित रहेकोमध्ये चार सय ७७ जना आइसोलेशनमा र एक सय १३१ जना भेन्टिलेटरमा छन् ।