एसबिआई रेमिटको साथी चिनाऔं भन्ने ३ महिने योजना घोषणा, एक हजार उपहार दिने

टोकियो । जापानबाट संसारभर रेमिट्यान्सको काम गर्दै आएको एसबिआई रेमिटले नेपालको लागि साथीलाई नयाँ रेमिट साथी चिनाऔं भन्ने ३ महिने योजना ल्याएको छ । बिगत १ दशक अघिबाट अनबरत न्यूनतम शुल्कमा अन्तर्राष्ट्रिय स्तरको सस्तो सुलभ र भरपर्दो रेमिट्यान्स सेवा दिदैं आएको एसबिआई रेमिटले साथीलाई नयाँ रेमिट साथी चिनाऔं भन्ने ३ महिने योजना ल्याएको हो ।

मे १ तारिखबाट जुलाई महिनाको ३१ सम्म नेपालको लागि लागू हुने यस योजना अन्र्तगत साथीलाई नयाँ रेमिट साथी चिनाउदा एक हजार जापानी येन उपहार र ३ महिनाभित्र दर्ता भएको ग्राहकले पहिलो पटक निस्शुल्क रमिेट्यान्स गर्न पाउने कम्पनीले जनाएको छ ।
एसबिआई रेमिटले कोभिड-१९ को विषम परिस्थितिबाट कुनै पनि रेमिट कार्यालय नपुगी घरमा बसी बसी नेपाली भाषामा मोबाइलबाट नै पैसा पठाउन मिल्ने सेवाको सुरुवात गरेको छ ।
अब एसबिआई रेमिटबाट रजिस्टर पनि आफ्नै मोबाईलबाट रजिस्टर भैसके पछि सदस्यहरुले घरमा नै बसेरै मोबाइलबाट आफुले चाहेको व्यक्तिलाई २४ सैँ घण्टा पैसा पठाउन सक्नु हुनेछ ।
फैनान्सियल टेक्नोलोजी सम्बन्धि सम्पूर्ण काम गर्ने एसबिआई फिनटेक सोलुसन कम्पनी लिमिटेडको सहायक कम्पनी एसबिआई रेमिट कम्पनी लिमिटेड, अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवासंग संलग्न रहेको छ ।
टोकियो रोपुन्गी इजुमी गार्डेन टावरमा मुख्य कार्यालय रहेको एसबिआई रेमिटले संसार भरिका मानिसलाई सस्तो, सुलभ सेवा दिने सिईओ एबम प्रबन्ध निर्देशक नोबुओ आन्दोले जानकारी दिनु भएको छ ।
जापानी ग्राहकहरू धेरै नै भएको एसबिआई ग्रुपमा, एसबिआई रेमिटले जापानमा बसोवास गर्ने विदेशीहरूलाई स्थापित गर्नको लागि सुविधाहरु सुधार गर्दै लैजाने कर्पोरेटले लक्ष्य राखेको छ । एसबिआईले बहुभाषी ग्राहक सहायता अन्र्तगत ११ वटा देशको भाषामा सेवा उपलब्ध छ भने २२० भन्दा बढी राष्ट्र र क्षेत्रहरूमा रेमिट गर्न सकिने जनाएको छ ।

एसबिआईले ग्राहकलाई जापान पोस्ट बैंकको एटिएम र लवसोन बैंकको एटिएमहरूबाट रेमिट कार्ड प्रयोग गरी जापानभर पैसा पठाउने अनुमति समेत दिएको छ । एसबिआई रेमिटले प्रत्येक ग्राहकको सुविधाका लागि नि शुल्क रूपमा कार्ड जारी गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: