शुक्रबार, बैशाख १४, २०८१

कोरोना कहर : जापानको बेरोजगारी दर ११ वर्षमा पहिलो पटक बढ्यो

टोकियो । आर्थिक बर्ष २०२० मा जापानको औसत रोजगारी उपलब्धता अनुपात झन्डै आधा शताब्दीमा सबैभन्दा ठूलो गिरावट आएको छ । बेरोजगारी दर ११ वर्षमा पहिलो पटक बढेको छ जसले कोरोना भाइरस महामारीको गम्भीर असर झल्काएको सरकारी तथ्यांकले देखाएको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार मार्चमा १९७३-७४ मा भएको गिरावट पछि मार्चमा अन्त्यमा ०.४५ घटेर १.१० बिन्दु पुगेको छ । यसको मतलब प्रत्येक १०० रोजगारी खोज्नेहरूको लागि ११० रोजगार मात्र उपलब्ध रहेको छ ।

आर्थिक वर्ष २०१३ मा ०.९७ बिन्दुमा रहेको रोजगार सन् २०१९ मा ०.०७ बिन्दुमा रहेको थियो । बेरोजगारहरूको संख्या ३ लाख ६० हजार बढेर १९ लाख ८० हजार पुगेको छ । रोजगार व्यक्तिको संख्या ६ लाख ९० हजारले घटेर ६ करोड ६६ लाख ४० रहेको छ ।

९ लाख ७० हजार पार्ट टाईम कामदारले रोजगार गुमाउँदा हाल २ करोड ६६ लाख व्यक्ति आशिंक काम गरिरहेको तथ्यांकमा उल्लेख छ । सन २०१४ बाट राख्न थालिएको तुलनात्मक तथ्यांक अनुसार यो पहिलो गिरावट हो । विशेष गरी सेवाक्षेत्रमा जो आंशिक समयका काम गर्दै आएका थिए उनिहरुले काम गुमाएका छन् । जसमा रेष्टुरेण्ट, होटल पर्यटकिय क्षेत्र समेटिएका छन् । कोरोना महामारीका कारण मानिसहरूलाई रोजगार क्षेत्रहरुले हटाउन बाध्य भएका छन् ।  महामारीको समयमा सम्झौताको नवीकरण नगरिंदा रोजगार गुमाएको पाइएको छ ।
जनस्वास्थ्य संकट हुनु भन्दा अघि जापानमा आशिंक काम गर्ने कामदारको संख्या बढिरहेको देखिएको थियो, धेरै महिला र बृद्ध व्यक्तिहरू श्रम बजारमा देशको जनसंख्याको तीव्र वृद्धिका कारण गम्भीर श्रम अभाव लाई कम गर्न मद्दत गरिरहेका थिए ।

गत बर्षको अप्रिलबाट आपतकाल लागेपछि विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानमा २०२० मा अप्रिल जुन त्रैमासिक अवधिमा २९.३ प्रतिशत आर्थिक गिरावट आएको थियो जुन अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक मन्दी हो ।
गत मार्चमा बेरोजगारी दर आंशिक रूपमा सुधार देखिनेगरि २ लाख ४० हजार श्रमशक्ती माग बृद्धि भएको छ, जुन फेब्रुअरीदेखि श्रमशक्तिको जनसंख्यामा छ महिनामा पहिलो बृद्धि हो । यसले महामारीको बीचमा काम खोज्न नचाहनेहरूको बढ्दो संख्या झल्काएको छ ।
देशभरि कोरोना संक्रमणको चौथो चरण आई पुग्दा प्रधानमन्त्री योशीहिदे सुगाले गत साता टोकियो र पश्चिमी जापानका ओसाका, क्योतो र ह्योगोमा तेस्रो आपतकालिन अवस्थाको घोषणा गरेका छन् ।

पूर्वानुमान अनुसार ताजा आपतकालको कारण बेरोजगारी दर फेरि खराब हुनेछ, संभवतः सेप्टेम्बरमा बेरोजगार दर ३.५ प्रतिशत पुग्नेछ, जबकि रोजगार उपलब्धता अनुपात १.० को आसपास मात्र हुनेछ ।