जिएमइ रेमिट र जापान मनि एक्सप्रेसबीच रेमिट्यान्स विप्रेषण सम्झौता

काठमाडौं । जापानको ख्याति प्राप्त रेमिटान्स कम्पनी जापान मनि एक्सप्रेस र जिएमइ रेमिटबीच विप्रेषण सम्झौता भई कारोबार सुरु भएको छ ।

उक्त सम्झौतामा जिएमइ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र जापान मनि एक्सप्रेसको तर्फबाट अध्यक्ष अजीब ओम गुरुङले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

योसँगैं अब जापानमा रहेका नेपालीहरुले जापान मनि एक्सप्रेसको सेवा प्रयोग गरी जिएमइ रेमिटको माध्यमबाट सजिलैसँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सक्नेछन् ।
नेपालमा जिएमइ रेमिटसँग आवद्ध १५ हजारभन्दा बढी एजेन्टहरुबाट सजिलै नगद भुक्तानी लिन सकिनेछ र वर्षको ३६५ दिन नै जेएमई मार्फत पठाएको रकम रियल टाइममा नेपालको जुनसुकै बैंकको खातामा जम्मा भई तुरुन्तै रकम झिक्न मिल्ले व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: