शुक्रबार, बैशाख १४, २०८१

जापानवासी नेपालीलाई दूतावासको अपिल : वारेशनामा बाहेक सबै कार्य हुलाक मार्फत्‌ गर्नु

टोकियो । जापानमा पछिल्लो समय नयाँ कोभिड १९ संक्रमण तिव्र रुपमा फैलिएपछि सचेत रहन जापानवासी नेपालीलाई दूतावासले अपिल गरेको छ । बुधवार एक सूचना जारी गर्दै नेपाली राजदूतावास जापानले नेपालीहरुलाई सचेत रहन आग्रह गरेको हो ।

नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमण जापानमा पनि तीव्र रुपमा फैलिरहेको अवस्थामा सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै दूतावासले २०७८ वैशाख १३ अर्थात २६ अप्रील २०२१ देखि अर्को सूचना जारी नभएसम्मका लागि व्यक्ति स्वयं अनिवार्य उपस्थित हुनुपर्ने अधिकृत वारेशनामा एवं हस्ताक्षर प्रमाणीकरण बाहेकका यस राजदूतावासबाट प्रदान गरिने अन्य सेवाहरू पासपार्ट, ट्राभल डकुमेन्ट, भिषा, ड्राइभिङ लाइसेन्स, विवाह सम्बन्धी काम लगायत अन्य कागजात प्रमाणीकरण सम्बन्धी कार्यहरू हुलाक मार्फत्‌ मात्र गरिने ब्यहोरा दूतावासले जानकारी गराएको छ ।

विभिन्न कार्यका लागि हुलाक मार्फत्‌ प्राप्त हुने कागजातहरूका आधारमा यथाशीघ्र सेवा प्रदान गर्न राजदूतावास सधैं प्रतिवद्ध रहेको व्यहोरा समेत अनुरोध गरेको छ । साथै कोरोनाको महामारीबाट जोगिन आवश्यक सुरक्षा सतर्कताका उपायहरूको पूर्ण पालना गर्नुरगराउनुहुन सम्पूर्ण जापानवासी नेपालीहरूमा राजदूतावास पुनः हार्दिक अपिल गरेको छ ।