कोरोना नियन्त्रणका लागि जारी गरिएका आदेश प्रभावकारी कार्यान्वयन गर्ने उपत्यकाका सिडियोहरुको निर्णय

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको आदेशको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेका छन् ।

मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका पदाधिकारीहरु समेतको उपस्थितिमा बसेको बैठकले कोरोना नियन्त्रणका लागि सरकारले बैशाख ६ गते गरेका निर्णय र आदेशको प्रभावकारी कार्यान्वयन गराउन जोड दिने निर्णय गरको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

कोरोना संक्रमणबाट बच्न व्यापक रुपमा प्रचार प्रसार गर्ने, सरोकारवालाहरु सहितको संलग्नतामा अनुगमन गर्ने निर्णय भएको बताए । सरकारले २०७८ वैशाख मसान्त सम्म विद्यालयहरु भौतिक उपस्थिति नगराईकन भर्चुअल माध्यमबाट सञ्चालन गर्ने, रात्रिकालीन व्यवसाय बन्द गर्ने, भेला, जुलुस तथा आमसभा नगर्ने र विवाह व्रतवन्ध जस्ता सामाजिक काममा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ । सरकारको सोही निर्णयलाई उपत्यकामा प्रभावकारी कार्यान्वयन गराउने निर्णय भएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: