शुक्रबार, चैत १६, २०८०

माओवादी केन्द्र र एमाले ब्युँताउने सर्वोच्च अदालतको फैसला पुनरावलोकन नहुने

काठमाडौं । सर्वाेच्च अदालतले नेकपाको नाम सम्बन्धी विवादमा गरेका फैसला पुनरावलोकन नहुने आदेश दिएको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पुनरावलोकन नगर्ने आदेश दिएको हो ।

यसअघि गत फागुन २३ गते ऋषिराम कट्टेलले दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले निर्वाचन आयोगमा नेकपा नामको दल पहिलेनै दर्ता रहेको र सोही नाममा अर्को पार्टी दर्ता हुन नसक्ने भन्दै नेकपा एमाले र माओवादी केन्द्र अलग अलग हैसियतमा रहने निर्णय सुनाएको थियो ।

उक्त फैसला पुनरावलोकनको माग गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।