शुक्रबार, बैशाख १४, २०८१

जापानमा छैटौं तलामा रहेको पोकेमोन स्टोरको सिसा तोडेर चोरी

जापान । टोकियो महानगरिय प्रहरीले २८ बर्षिय एक युवालाई भवनको छतबाट घुसेर स्टोरमा चोरी गरेको आरोपमा पक्राउ गरेको छ ।

मार्च २३ तारिख बिहान करिव ५ बजेको समयमा केन्सुके नाकानिशी नाम गरेका एक आईटि कम्पनीमा कार्यरत कर्मचारीले तोशिमा वार्डको हिगाशी इकेबुकुरो इलाकामा रहेको ट्रेडिंग कार्ड स्टोर तोडेर ुपोकेमोनु र ुयु जी ओु खेलका कार्डहरु चोरेका थिए ।

कार्डहरू करीव १० लाख येन मूल्य बराबरको र नगद २ लाख २६ हजार येन समेत चोरी गरेको इकेबुकुरो प्रहरीले बताएको छ । सोमबार अपराध र चोरीको शंकामा पक्राउ परेपछि अभियुक्त केन्सुकेले आरोप स्विकारेको छन् । उनले आफुले तिर्न बाँकी ऋणको लागि चोरी गरेको बताएका छन् ।

प्रहरीका अनुसार तोशिमामा बस्दै आएका केन्सुकेले ६ तलाको भवनमा रेलिगंमा डोरी बाँधेर छैटौं तलामा रहेको पोकेमोन स्टोरको सिसा तोडेर चोरी गरेका थिए ।

प्रहरीले सुरक्षा क्यामेरा फुटेजको छानबिन गरेपछि उक्त व्यक्ति खोजी थालेको थियो । प्रहरीले पक्राउ गरेपछि अभियुक्तले भनेका छन् कि हाईस्कूलमा म रक क्लाइम्बिगं क्लबमा थिए, त्यसैले मलाई अग्लो ठाउँमा चढ्न देखी डर लाग्दैन ।