शुक्रबार, बैशाख १४, २०८१

थारुवान संयुक्त संघर्ष समितिसँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वामा वार्ता टोली गठन

काठमाडौं । सरकारले थारुवान् संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेको १९ बुँदे माग सम्बोधन गर्न गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।

सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वार्ता टोली गठन गरेको जानकारी दिएका हुन् ।

वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाकार राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी सदस्य छन् । केही दिनअघि गृहमन्त्री थापाले वार्ता टोली गठन गरी संवादमा आउन माइतीघर पुगेर आग्रह गरेका थिए।