मङ्गलबार, बैशाख ०४, २०८१

राष्ट्रपति भण्डारी चैत ९ दुईदिने औपचारिक भ्रमणका लागि बंगलादेश जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आगामी सोमबार चैत ९ दुईदिने औपचारिक भ्रमणका लागि बंगलादेश जाने भएकी छन् । बस्ने मन्त्रिपरिषदको बैठकले भ्रमणको मिति तय गरेसँगै भ्रमणको औपचारिक घोषणा हुने एक सरकारी अधिकारीले बताए ।

काठमाडौंस्थित बंगलादेश दूतावास स्रोतले पनि भ्रमणको तयारी भइरहेको जानकारी दिएको छ । बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन भण्डारी बंगलादेश जान लागेकी हुन् ।

बंगलादेशले शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्ती एक हप्तासम्म विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।