बिहिबार, बैशाख १३, २०८१

एमालेको मुख्यालय धुम्बाराहीमा ओली-नेपाल दुवै खेमाका नेताहरु छलफलमा

काठमाडौं । नेकपा एमालेको मुख्यालय धुम्बाराहीमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल सुरु भएको छ । दुवै खेमाका नेताहरु छलफल सुरु भएको हो । छलफलमा ओलीसहित ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ छन् । नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण बिष्ट र रघुजी पन्त सहभागी छन् ।
चार महिनापछि ओली र नेपाल बीच भेटवार्ता भएको हो । गएको २५ कात्तिकपछि संवाद टुटेको थियो । ओली र नेपाल बीचको सम्वाद हीनताकै अवधिमा नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजन भएको थियो ।
यसपछि एकअर्काविरुद्ध गतिविधि, अभिव्यक्ति र निर्णय गर्दै आएका ओली र नेपाल पक्ष बीचको यो छलफललाई महत्वका साथ हेरिएको छ । २८ फागुनमा ओलीले नेपाल खेमाका नेताहरुलाई भूमिकाविहीन बनाउने निर्णय गरेका थिए । नेपाल खेमाले पनि ४ चैतमा आफ्नो पक्षको राष्ट्रिय कार्यकर्ता भेला राखेको छ ।

वरिष्ठ नेता झलनाथ खनाल, नेपालसहित यो खेमाका ११ स्थायी कमिटी सदस्यले हिजोमात्रै ओलीमाथि गम्भीर आरोपसहित संयुक्त वक्तव्य जारी गरेका थिए । तर, ओलीले हिजै नेपाललाई छलफलका लागि आग्रह गरेका थिए ।