शुक्रबार, बैशाख ०७, २०८१

मेलम्ची आयोजनाको पानी सुन्दरीजल आइपुग्यो, प्रधानमन्त्री ओलीद्धारा अवलोकन

काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि फागुन १० गते सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको छ ।

पानी अहिले बागमती नदीमा खसालिएको छ । सुरुको पानी फोहोरसहित पानी आउने भएकाले प्रशोधन केन्द्रमा नहाली बागमती नदीमा खसालिएको हो । लामो सपना पुरा भएको भन्दै प्रधानमन्त्री ओलीले केही दिनमा घरघरमा पानी आउने दाबी गरे । उनले भनेका छन्, ‘काठमाडौंबासीका लागि एउटा ग्यारेन्टी भयो, काठमाडौंमा पानी झर्‍यो । केही दिनमा वितरण हुने भयो ।

मेलम्ची खानेपानी आयोजनाको कुरा चल्दा आफ्नो कपाल कालै रहेको, तर काम सम्पन्न हुँदा कतै कालो बाँकी नरहेको चर्चा गर्दै उनले भने,‘यो खुसीको दिन हो । जतिबेर पायो, त्यतिबेर लड्डु खाने होइन । यस्तो बेलामा खाने हो ।
कटाक्ष नेकपा प्रचण्ड(माधव समूहतिर थियो,जसले प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेको दिन खुसी साट्दै लड्डु खाएका थिए ।

मेलम्चीमा लामो समयको प्रतिक्षा पुरा भएको भन्दै उनले केही दिनमा धारामा पानी आउने बताए ।