प्रतिनिधिसभा पुनःस्थापना भए सांसद खरीद विक्रीको खेल फेरि सुरु हुन्छः प्रधानमन्त्री

कञ्चपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना भए फेरि सांसद किनबेचको खेल सुरु हुने बताएका छन् । सोमबरा कञ्चनपुरको वेदकोट नगरपालिकामा छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै प्रधानमन्त्रीले प्रतिनिधिसभा पुनःस्थापना भए देश निर्माणको काम प्रभावित हुने बताएका हुन् ।

उनले भने, ‘यदि संसद पुनःस्थापना हुने भयो भने प्रधानमन्त्री खोज्न हिँड्नुपर्छ । कुनै पार्टीको बहुमतको सरकार हुँदैन, त्यसो भएपछि समीकरणका अनेक खेल, सांसद किनबेच कसलाई कुन पद, भागबण्डा त्यही तमासाको राजनीति फेरि शुरू हुन्छ।’

उनले केही दिनमा प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको फैसला आउने र देश निर्वाचनमा होमिने बताए । प्रधानमन्त्री ओलीले आफूले विराटनगरमा भनेको कुरालाई गलत ढंगले व्याख्या गरिएको बताए ।

उनले भने, ‘आन्दोलन भनेको उनीहरूले नारा जुलुस, भत्काउने, ढुंगा हान्ने के–के बुझेछन् कुन्नि ? मैले त देश बनाउने आन्दोलन, लोकतन्त्रलाई सुदृढ गर्ने आन्दोलन भनेको थिएँ ।’प्रधानमन्त्री ओलीले अदालतलाई धम्की दिने बानी नभएको र स्वतन्त्र न्यायालय तथा शक्ति पृथकीकरणको सिद्धान्तलाई सरकारले सम्मान गर्ने बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया