राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा वसन्त श्रवण

काठमाडौं । वसन्त पञ्चमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा लगायतले वसन्त श्रवण गरेका छन् ।

काठमाडौंको वसन्तपुरमा वसन्त श्रवण कार्यक्रम आयोजना गरिएको हो । वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुख एवं विभिन्न उच्च पदस्थ व्यक्तिहरुको उपस्थितिमा हुने वसन्त श्रवण कार्यक्रम यो वर्ष १०ः१७ बजे हनुमानढोका स्थित नासल चोकमा आयोजना गरिएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया