बुधबार, बैशाख १२, २०८१

पत्रकार महासंघ केन्द्रको साधारणसभा फागुनको ४ र ५ गते गर्ने निर्णय

सिन्धुपाल्चोक । नेपाली पत्रकारहरुको साँझा संस्था नेपाल पत्रकार महासङ्घ केन्द्रको साधारणसभा आगामी फागुनको ४ र ५ गते गर्ने निर्णय भएको छ ।

सिन्धुपाल्चोकको हेलम्बुस्थित शेर्माथानमा बसेको केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको हो । साधारणसभाको एक महिनापछि अधिवेशन गर्ने बैठकले सहमति गरेको छ ।

देशको बदलिँदो राजनीतिक परिवेशमा प्रेस स्वतन्त्रताको रक्षाका लागि सबैलाई अपिल गर्ने महाशाखाले निर्णय गरेको अध्यक्ष गोविन्द आचार्यले जानकारी दिएका छन ।