काठमाडौँ उपत्यकाको वायु अहिलेसम्मकै प्रदूषित,फोटोमा हेर्नुस्

काठमाडौँ । सोमबारदेखि काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा अत्यधिक बढेको छ ।

संसारकै प्रमुख शहरहरुको रियल टाइम एअर पोलुसनबारे अध्ययन गर्ने वेबसाइट आईक्यूएअर डटकमका अनुसार काठमाडौंमा सोमबारको वायु प्रदूषण खतराको बिन्दूमा पुगेको हो । आईक्यू एअरका अनुसार वायुमण्डलमा सोमबार ७ः४५ बजे एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४८७ पुगेको थियो । हाल उक्त इन्डेक्स ३३७ रहेको छ । विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको छ ।

एक्वुआई ५० सम्म हुनु राम्रो, ५० देखि १०० सम्मलाई मध्यम र १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुने मानिन्छ । २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानु चाहिँ घातक हो।

प्रदूषणका कारण सोमबारदेखि नै सर्वसाधारणहरुले आँखा पोलेको महसुस गरेका छन् । वायु प्रदुषणले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने चिकित्सकहरुले बताएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया