सोमबार, कार्तिक ११, २०८२

संसद विघटनको विरोधमा प्रचण्ड नेपाल समूहको शक्ति प्रदर्शन फोटोमा हेर्नुस्

काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा सत्तारुढ नेकपाको (प्रचण्ड–नेपाल) समूहले मंगलबार देशभर प्रदर्शन गरेको छ । प्रचण्ड नेपाल समूहले काठमाडौंलगायत देशभर शक्ति प्रदर्शन गरेको हो ।

काठमाडौंमा उपत्यकामा नयाँबानेश्वर, चाबहिल, टेकु, कुपन्डोल, लैनचौर, बागबजार, रत्नपार्कबाटलगायतका स्थानबाट जुलुस निकालिएको थियो । ती जुलुस भृकुटीमण्डपमा जम्मा भएपछि सभा आयोजना गरिएको छ । सभालाई भृकुटीमण्डपमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।